तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोरोनाको खोप निशुल्क उपलब्ध गराउँछौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोभिड–१९)को खोप तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई लगाउने गरी सरकार अघि बढेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध थप खोप ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् । यस्ताे खाेप सरकारले किनेरै भए पनि निशुल्क उपलब्ध गराउने प्रतिवद्धता उनले गरेका हुन् । भारतले अनुदानमा दिएको १० लाख डोज खोपको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भारतसहित अन्य मित्रराष्ट्र र संघ संस्थामार्फत् खोप ल्याउन सरकारले पहल गरिरहेको बताएका हुन् । ‘हामीले छिटै नै खोपको सुरुवात गर्ने मौका पायौं । यसका निम्ति भारत सरकार, प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद । आफूले सुरु गरेको हप्तादिनभित्रै हामीले पनि सुरु गर्न सक्ने गरी १० लाख डोज खोप दिनुभयो’ बालुवाटारबाट खोप अभियानको भर्चुअल रुपमा शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी अरु मित्रराष्ट र संघ संस्थासँग पनि खोप ल्याउन प्रयास गरेका छौं । भारतसरकारसँग उचित मूल्यमा थप भ्याक्सिन खरिद गर्ने कुरा गरिरहेका छौं ।’
प्रतिक्रिया