NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

निर्ममतापूर्वक आफ्ना कार्यकर्ता हत्या गर्ने नेकपाका कार्यकर्तालाई कारवाही गर्न तरुण दलको माग

काठमाडौं । तरुण दलले बझाङमा आफ्ना कार्यकर्ताको हत्या नेकपाका कार्यकर्ताबाट भएको भन्दै तत्काल उनीहरुलाई कारवाही गर्न माग गरेको छ । बझाङ जिल्ला छबिसपाथिभरा गाउँपालिका अन्तर्गत बन्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न गरी आ–आफ्नो घर जाने क्रममा नेकपाका आतंककारी मनोवृति भएका ज्ञानबहादुर कडायत, प्रकाश ऐडी लगायतका अपराधिकक जत्थाले आक्रमण गरी आफ्ना कार्यकर्ताको हत्या गरेको दलले जनाएके छ । खुँडा प्रहार गरी दलका कार्यकर्ता अमृत सिंहलाई १३ माघ साँझमा हत्या गरिएको थियो । ‘सत्ता र शक्तिको आडमा सोही गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष विकास ऐडीको सरकारी मोटरसाईकल प्रयोग गरी नेपाल तरुण दल छबिसपाथिभरा गाउँपालिका सदस्य लोकतन्त्र प्रति प्रतिबद्ध एक होनाहर तरुण अमृत सिँहलाई मिति २०७७ साल माघ १३ गते साँझ स्थानीय बजारको बीच सडकमै खुँडा प्रयोग गरी निर्ममतापूर्वक हत्या गरीएको घटनाको नेपाल तरुण दल केन्द्रिय समिति घोर निन्दा एवं भर्त्सना गर्दछ’ विज्ञप्तिमा उल्लेख छ, ‘जनताको शान्तिपूर्ण रुपले बाँच्न पाउने संवैधानिक अधिकार माथि धावा बोल्दै यस हत्या काण्डमा संलग्न अपराधीहरुलाई छिटो भन्दा छिटो कानुनको कठघरामा ल्याई हदै सम्मको कानुनी कारबाही गर्न र जनताको जिउँ धनको सुरक्षा गरी शान्ति, अमन, चयन कायम गर्न नेपाल सरकार र यसको सम्बन्धित निकायलाई नेपाल तरुण दल केन्द्रीय समिति जोड्दार माग गर्दछ ।’ साथै यस घटनामा संलग्न सम्पूर्ण अपराधीहरुलाई कानुनी कठघरामा ल्याई हदै सम्मको कारबाही नगरेसम्म नेपाल तरुण दल केन्द्रीय समिति दलको बझाङ जिल्ला समितिलाई कडाभन्दा कडा आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउन निर्देशन पनि दिएको छ । दलले गर्ने आन्दोलनबाट सिर्जना हुने कुनै पनि परिस्थितिको जिम्मेवार सरकार आफै हुनुपर्ने चेतावनी समेत दलले दिएको छ । घटनामा संलग्न वडाध्यक्ष ऐडीसहित चारजनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको डिएसपी रुपक खड्काले जानकारी दिए ।