NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

बझाङमा कांग्रेस कार्यकर्ताको हत्या प्रकरण : सदरमुकाममा प्रदर्शन

काठमाडौँ । बझाङको छबीस पाथीभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहका हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला सदरमुकाम चैनपुरमा प्रदर्शन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको मूल गेटमा टायर बालेर प्रदर्शनकारीहरुले हत्या अभियुक्तलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् । त्यस्तै, नाराजुलुससँगै सदरमुकामभित्र चल्ने यातायातका साधन पनि बन्द गराएका छन् । मंगलबार दिउँसो बान्नीचौर माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्वाचनमा कांग्रेस समर्थक उम्मेदवार विजयी भएको झोंकमा नेकपा समर्थकहरूले सिंहमाथि साँझ साढे ७ बजेतिर खुँडा प्रहार गरेका थिए । सिंहको घटनास्थलमै नै मृत्यु भएको थियो । सिंह आफ्ना कार्यकर्ता रहेको भन्दै कांग्रेसको युवा संगठन नेपाल तरुण दल केन्द्रीय समितिले हत्यामा संलग्नलाई कारवाहीको माग गरेको छ । बझाङमा कांग्रेस निकट कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् । नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ र तरुण दल बझाङले घटनाको विरोध गर्दै प्रर्दशन गरेका हुन । प्रदर्शनकारीहरुले नेकपाका नेता तथा कार्यकर्ताले सुनियोजित रुपमा सिंहको हत्या गरेको भन्दै कारवाहीको माग गरेका छन् । यसैबीच, सिंहको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै सुदूर पश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पनि प्रदर्शन भइरहेको छ । घटनापछि वडा अध्यक्ष विकास ऐडी, प्रकाश ऐडी, ज्ञानबहादुर कडायत र केदार ऐडी पक्राउ परेको डिएसपी रुपक खड्काले जानकारी दिए । घटनामा वडाअध्यक्षकाे माेटरसाइकल प्रयाेग भएकाे पाइएकाे छ । थप अनुसन्धान भइरहको उनको भनाई छ । याे पनि पढ्नुस् बझाङमा युवक हत्या प्रकरण : वडाध्यक्ष ऐडीसहित चारजना प्रहरी नियन्त्रणमा