भिटामिन डी कसरी बढाउने ? यस्ता छन् फाइदा

कोरोना भाइरस संक्रमित बिरामीको शरीरमा भिटामिन डी को मात्रा बढाउन सल्लाह दिइन्छ । भिटामिन डी शरिरमा खानाको अलावा सूर्यको किरणबाट प्राप्त हुन्छ । भिटामिन डी मानव शरीरको लागि अत्यन्त आवश्यक छ । मानव शरिरमा सूर्यको प्रकाशबाट हुने प्रतिक्रियाबाट भिटामिन डी प्राप्त हुन्छ । यसको अतिरिक्त खानाको माध्यमबाट पनि शरिरमा भिटामिन प्राप्त हुन्छ । भिटामिन डी को कारण नै शरिरमा हाड र दाँत स्वस्थ भएको हुन्छ । यसको अलावा भिटामिन डी टाइप–१ डायबेटिज जस्ता अरु धेरै प्रकारको बिरामीलाई सहयोग गर्दछ । भिटामिन डी एक भिटामिन मात्र नभएर एक हर्माेन पनि हो । भिटामिन यस्तो पोषक तत्व हो, जसलाई शरिरले बनाउन सक्दैन । यसको लागि खानामा ती खानेकुराहरु सामेल गर्नुपर्छ जसबाट शरिरले भिटामिन डी बनाउन सक्छ ।कुन खाना र फलफूलबाट भिटामिन डी प्राप्त हुन्छ यसको अतिरिक्त शरिरमा कुन तरिकाले भिटामिन डी को मात्रा बढाउँन सकिन्छ यो जान्नु जरुरी हुन्छ । भिटामिन डीले शरिरमा धेरै काम गरेको हुन्छ । यसले प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउन मद्दत गर्नुका साथै ब्रेन र स्नायु प्रणालीलाई स्वस्थ राख्छ । यसले हाड र दाँतलाई पनि स्वस्थ बनाउदछ । भिटामिन डीले शरिरमा इन्सुलिनको मात्रालाई नियमित बनाएर शरिरमा चिनीको नियन्त्रणमा सघाउ पुर्याउँछ । यसले फोक्सोलाई तन्दुरुस्त राख्नुका साथै मुटुलाई पनि स्वस्थ राख्छ । शरिरमा भिटामिन डी कसरी बढाउने सूर्यको किरण र भिटामिन डी भरिपूर्ण भएको खानाबाट शरिरमा भिटामिन डीको मात्रा बढाउन सकिन्छ । साल्मन जस्ता फ्याटी फिश, अण्डाको बाहिरी भाग, च्याउको सेवनबाट पनि शरिरमा भिटामिन डी को मात्रा बढाउन सकिन्छ । प्रसोधित दुध, अन्न र जुस आदिबाट शरिरमा भिटामिन डीको मात्रा बढाउन सकिन्छ । शरिरमा उचित भिटामिन डी को उत्पादनका लागि दैनिक शारीरिक अभ्यासहरु आवश्यक हुन्छ । भिटामिन डीको कमी भएको महसुस भएमा तुरुन्त डाक्टरको मद्दत लिनु आवश्यक हुन्छ । भिटामिन डी सूर्यको किरणबाट प्राप्त हुने भएकाले कोरोना भाइरसबाट संक्रमितहरुलाई घाममा बस्ने र फलफूल खाने गर्नाले सहज हुने सल्लाह दिइएको छ । भिटामिन डी को फाइदा भिटामिन डीले शरिरलाई रोगसँग लड्न मद्दत गर्दछ । यसले रुघादेखि मुटुको रोगका साथै अन्य बिरामीलाई पनि राहत प्रदान गर्दछ । डिप्रेशनको रोगीहरुलाई पनि भिटामिन डी फाइदाजनक हुन्छ । बढिरहेको तौल कम गर्न पनि भिटामिन डीले मद्दत गर्छ । एजेन्सीकाे सहयाेगमा
प्रतिक्रिया