मेलमिलापकर्ताहरुलाई सहजीकरण तालिम

काभ्रे । पनौती नगरपालिका न्यायिक समितिको आयोजनामा मेलमिलापकर्ताहरुलाई मेलमिलापको लागि आवश्यक तालिम दिइएको छ । दुई दिने तालिममा मेलमिलापकर्ताको गुण, आचरण, महत्त्व, आवश्यकता, व्यवहारिक ज्ञान, कानुनी मस्यौदा, मेलमिलाप गर्न हुने विवाद, न्यायिक समितिले हेर्न मिल्ने विवाद, मेलमिलापका चरणहरु आदि विषयमा सहजीकरण गरिएको थियो । माघ १३ र १४ गते दुई दिन संचालित उक्त तालिम कार्यक्रममा मेलमिलापकर्ताहरुको निम्ति प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी ,कानुनी सल्लाहकार प्रदीप सापकोटा, न्यायिक समिति सदस्य मधुकृष्ण श्रेष्ठ लगायतले सहजीकरण गरेका थिए । तालिममा पनौती नगरपालिकाकामा सुचीकृत ५४ जना मेलमिलापकर्ताहरुको सहभागिता थियो । नगरप्रमुख भीम न्यौपानेको प्रमुख आतिथ्य एवं न्यायिक समिति संयोजक तथा उपप्रमुख गीता बन्जाराको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो ।
प्रतिक्रिया