NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

बसमा आगलागी हुँदा क्यामरुनमा ५३ जनाको मृत्यु

यात्रुवाहक बसमा भएको भीषण आगलागीका कारण अफ्रिकी देश क्यामरुनमा ५३ जनाको ज्यान गएको छ । यात्रुवाहक बस पेट्रोलियम पदार्थ बोकेको ट्याकंरसँग ठोकिएका कारण यत्ति ठूलो मानवीय क्षति भएको एजेन्सीहरुले उल्लेख गरेका छन् । ७० सिट क्षमता भएको सो बसमा पेट्रोलियम पदार्थ बोकेको ट्यांकरले नियन्त्रण गुमाउँदा आगलागी भएको थियो । प्रज्ववलनशील पदार्थले एकैपटक आगो सल्किंदा उद्दारमा कठिनाई भएको थियो ।घटनामा २९ जना घाइते भएका छन् ।