NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

सुनको मूल्य घट्यो

काठमाडाैं । स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा झिनो गिरावट देखिएको छ । मंगलबार तुलनामा बुधबार तोलामा नै ७ सय रुपैयाँले घटेको सुन आज भने तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा रु ९२ हजार मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोवार भएको थियो । मंगलबार भने छापावाला सुन तोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन बुधबार तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोवार भएको थियो । त्यस्तै चाँदी तोलामा पाँच रूपैयाँले घटेको छ । तोलामा बुधबार एक हजार २ सय ५० रुपैयाँमा कारोवार भएको चाँदी आज भने एक हजार २ सय ४५ रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।