NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

पूर्वप्रधानन्यायाधीशहरू र पूर्वसभामुखलाई सर्वोच्चको आदेश: अदालतमा उपस्थित भएर जवाफ पेश गर्नू

काठमाडौं । सर्वोच्च अदालतले अवहेलनासम्बन्धी मुद्दामा ४ जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानासँग लिखित जवाफ मागेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की र पूर्वसभामुख दुंगानालाई आफैं अदालत उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको होधनजित बस्नेत र लोचन भट्टराईको निवेदनमा सुनुवाई गर्दै बिहीवार अदालतले यस्तो आदेश दिएको हो ।