तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? अब नगद बोक्नै पर्दैन

https://www.youtube.com/watch?v=ofhc33oe-sE काठमाडौँ – तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? अब साथमा नगद पैसा छैन भन्ने चिन्ता लिन पर्दैन। अब देशभरका तरकारी तथा फलफूल बजारमा क्यूआर कोडमार्फत् नै भुक्तानी गर्न मिल्छ।नेपाल राष्ट्र बैंकले तरकारी तथा फलफूल बजारमा क्यूआर कोडको प्रयोग गरी भुक्तानी गर्न सकिने अभियान शुरु गरिसकेको छ। राष्ट्र बैंकको नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने नीति अनुरूप क्यूआर कोडबाट हुने भुक्तानीलाई देशव्यापी अभियानको रूपमा अगाडि बढाएको छ। अर्थतन्त्रलाई प्रविधिमैत्री बनाउन पहिलो चरणमा बैंकले देशभरका तरकारी तथा फलफूल बजारमा क्विक रिस्पोन्स अर्थात क्यूआर कोडमार्फत हुने भुक्तानी कारोबारलाई देशव्यापी अभियानको रूपमा विस्तार गर्दै लगेको हो।
प्रतिक्रिया