५ पुसको संवैधानिक परिषद्को निर्णय फिर्ता गर्ने सभामुखको ८ कारण

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटाले संसद सचिवालयमा दर्ता भएको संबैधानिक परिषद्को नियुक्ति सिफारिस फिर्ता पठाएका छन् । उनले संबैधानिक परिषदको कार्यालयलाई नियुक्त फिर्ता गरेको पत्र पठाइका हुन् । उनले पत्रमा विभिन्न संबैधानिक आयोगका रिक्त पदमा नियुत्त गरि संसदीय सुनुवाईका लागि ५ पुसमा आएको पत्र फिर्ता गरेका हुन्। सभामुख सापकोटाले विभिन्न ८ वटा कारण खुलाएर ५ पुसको संबैधानिक परिषदको नियुक्तीको निर्णय फिर्ता पठाएका हुन् । उनले उक्त निर्णयको बोधार्थ राष्ट्रपतिको कार्यालय, संबैधानिक परिषदको अध्यक्षका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष, सर्वोच्च अदालतका प्रधानन्यायाधीश र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दिएका छन् ।
प्रतिक्रिया