NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

संवैधानिक आयोगका पदाधिकारीहरूले लिए सपथ [भिडियाेसहित]

काठमाडौं । विभिन्न संवैधानिक आयोगमा नियुक्त सिफारिस भएका पदाधिकारीहरूले बुधबार बिहान सपथग्रहण गरेका छन् । गत ३० मंसिरमा नियुक्त सिफारिस भएका पदाधिकारीहरूले बुधबार बिहान सपथ लिएको राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीले जानकारी दिएका हुन। संवैधानिक परिषद्ले सिफारिस गरेको ४५ दिनभित्र संसदीय सुनुवाइ गर्नुपर्ने प्रावधान । संसद नै नभएपछि उनीहरुको सुनुवाइ हुन सकेको थिएन । संसद नहुँदा सुनुवाइ हुन नसकेको परिषद्मा सदस्य सचिव रहने मुख्य सचिव शंकरदास बैरागीले राष्ट्रपति कार्यालयलाई जानकारी गराएपछि बुधबार बिहान ९ बजेका लागि सपथग्रहणको कार्यक्रम राखिएको हो । राष्ट्रपति कार्यालयमा बिहान ९ बजे सपथ लिएपछि विभिन्न आयोगका पदाधिकारीले बुधबार नै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको थियो । प्रतिनिधिसभा विघटन भएकै दिन ५ पुसमा अख्तियार प्रमुखमा प्रेमकुमार राईसहितका विभिन्न संवैधानिक पद गरी ४५ पदमा नियुक्ति सिफारिस भएको सार्वजनिक भएको थियो । सरकारले २९ मंसिरमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । कुन आयोगमा को ? अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख- प्रेमकुमार राईसदस्य- जयबहादुर चन्द,किशोर सिलवाल निर्वाचन आयोग आयुक्त- रामप्रसाद भण्डारीडा जानकी तुलाधर राष्ट्रिय मानवअधिकार आयोग अध्यक्ष- तपबहादुर मगरसदस्य- मनोज दुवाडीसूर्य ढुंगेललिली बस्नेत थापामीहिर ठाकुर राष्ट्रिय प्राकृतिक स्रोत तथा वृत्त आयोग जुद्ब गुरुङअम्मरराज मिश्र महिला आयोग अध्यक्ष- कमला पराजुलीसदस्य- कृष्णकुमारी पौडेलविद्याकुमारी सिन्हा राष्ट्रिय दलित आयोग अध्यक्ष- देवराज विकसदस्यहरू-मीना सोबपर्शुराम रम्तेलतुन्ज बराइलीमेहेले पार्की आदिवासी जनजाति आयोग अध्यक्ष- रामबहादुर थापासदस्य- मिनश्रीस मगरमेन्चुङ लामारिना रानाचरण राई समावेशी आयोग अध्यक्ष- रामप्रसाद खत्रीसदस्य-रामचन्द्र जोशीरामकृष्ण तिमिल्सिनाहरिदत्त जोशी मधेसी आयोग सदस्य- जिवत्स साहरेणुदेवी साहविजय गुप्तामुस्लिम आयोगसदस्य- महमुद्दिन अलीमिर्जा अरसद बेग थारु आयोग सदस्य- विकास चौधरीवविता चौधरीसुवोध सिंहभोलाराम चौधरी