१७ औं वार्षिकोत्सव मनाउँदै नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमले बिहीबार १७ औं वार्षिकोत्सव मनाउँदै छ । सरकारी स्वामित्वको टेलिकमका ल्याण्डलाइन, मोबाइल, इन्टरनेटसहितका सेवापछि गत पुसदेखि आइपिटिभीसमेत संचालनमा आएको छ । एउटै फाइबर केबलबाट टेलिकमले इन्टरनेट, फोन र टिभी हेर्न मिल्ने गरी आइपिटिभी सेवा संचालनमा ल्याएको हो । यी सेवालाई अझै चुस्तदुरुस्त बनाइ सेवाग्राहीलाई अझै सहजीकरण गर्ने टेलिकमले जनाएको छ । सरकारी स्वामित्वको टेलिकमले संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको आतिथ्यतामा वार्षिकोत्सव मनाउँदैछ ।
प्रतिक्रिया