NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

अख्तियार प्रमुखमा राईले गरे पदभार ग्रहण

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईले पदभार ग्रहण गरेका छन् । बुधबार बिहान राष्ट्रपति कार्यालयमा सपथग्रहण गरेका उनले मध्यान्ह टंगालस्थित कार्यालय पुगेर पदभार सम्हालेका हुन् । बुधबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे प्रमुखमा प्रेमकुमार राई, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, महिला आयोगकी अध्यक्ष कमला पराजुली, राष्ट्रिय दलित आयोगका अध्यक्ष, देवराज विक, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा, समावेशी आयोगका अध्यक्ष रामप्रसाद खत्री छन् । प्रमुखबाहेक आयोगका अरुले सदस्यको रुपमा सपथ लिएका थिए । सरकारले ५ पुसमा विभिन्न संवैधानिक आयोगहरुका ४५ पद मध्ये ३८ पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो । तर, संसद नभएकोले संसदीय सुनुवाइविना नै उनीहरुले सपथ लिएका हुन् । राईले पदभार गरेसँगै अख्तियारका कार्यवाहक प्रमुख डा. गणेशराज जोशी बिदाई भएका छन् ।