संवैधानिक आयोगमा नियुक्ति : विश्वप्रकाश बोले, कांग्रेस बोलेन

काठमाडौं । संवैधानिक आयोगहरुमा गरिएको नियुक्तिप्रति कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले असहमति जनाएका छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै विधि उल्लंघन गरेर नियुक्ति गरेको भन्दै उनले प्रष्ट विमती रहेको बताएका हुन् । ‘विधि उलंघनको प्रवृत्तिप्रती हाम्रो प्रष्ट विमति छ ! क्रमशः१. संवैधानिक परिषद सम्बन्धि अध्यादेश२.त्यसपछिको बैठक ३. आजको सपथग्रहण’ शर्माले लेखेका छन्, ‘दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्ति विरुद्ध, संघर्ष झनै घनिभुत बनाउनुपर्ने निष्कर्षमा छौं हामी ।’ शर्माले ट्वीटरमा लेखे पनि पार्टीका तर्फबाट भने विज्ञप्ति जारी गरेका छैनन् । ट्वीटरमा लेख्दा पनि उनले पार्टी हैसियतलाई खुलाएका छैनन् । नियुक्तिकाे विराेधमा नेकपाकै एउटा पक्षले बिहीबारका लागि आमहड्ताल घोषणा गरे पनि प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले आयोगहरुमा गरिएको नियुक्तिको विरोधमा अहिलेसम्म विज्ञप्ति जारी गरेका छैनन् । अाैपचारिक रुपमा कांग्रेस बाेलेकाे छैन । संवैधानिक आयोगहरुमा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि भागबण्डा गरेको चर्चा कांग्रेसमैं उठ्दै आएको छ । अख्तियारको आयुक्तमा जयबहादुर चन्द देउवाकै सिफारिसमा परेकोले उनले विरोध नगरेको चर्चा पार्टी पंक्तिमा छ ।
प्रतिक्रिया