राजीनामा दिएर घर फर्किए अख्तियारका आयुक्त डा गणेशराज जोशी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवहाक प्रमुख आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् । उनले राष्ट्रपति विद्या भण्डारीलाई भेटेर आजै राजीनामा बुझाएका हुन्। यसअघिका प्रमुख आयुत्त नविनकुमार घिमिरेको अनिवार्य अवकाशपछि जोशीले कार्यवहाक आयुत्तको जिम्मेवारी सम्हाल्दै आएका थिए। आफ्नो राजीनामा बुझाए लगत्तै जोशीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर नवनियुक्ति प्रमुख आयुत्त प्रेमकुमार राई सहितको पदाधिकारीलाई भेटेर बधाई तथा सफलताको शुभकामना दिएका छन्। उनले अख्तियारले असल नेतृत्व पाएको भन्दै व्यक्तिगत रुपमा खुशी भएको प्रतिक्रिया दिएका छन्। ‘अन्य विषयमा मेरो कुनै प्रतिक्रिया छैन, अख्तियारले असल नेतृत्व पाएको छ, मैले उहाँको सफलताको कामना गरेको छु ।’ जोशीले नेपालवाचसँग भने। ५ बर्ष १० महिना आयोगमा रहँदा सुशासनको पक्षमा काम गरेको र त्यसका लागि कर्मचारीको तर्फबाट सहयोग पुगेको भन्दै उनले धन्यवाद समेत दिएका छन्। स्वच्छ र पारदर्शी छवी बनाएका जोशी अख्तियारमा रहँदा कुनै पनि विवादमा नमुछिइ घर फर्किएका हुन्। यसअघि अख्तियारको प्रमुख आयुत्तबाट अवकास भएका दिपकुमार कस्न्यात यतिबेला जेलमा छन्। यस्तै अर्का प्रमुख आयुक्त नविन घिमिरे पनि विवादमा तानिए। तर जोशी कुनै विवादमा नपरि बाहिरिएका स्वच्छ छवीका प्रशासक हुन्। अख्तियारको आयुक्तमा नियुक्त हुनुअघि उनी नेपाल सरकारका सचिव थिए । सचिव हुँदा पनि उनले ८ महिना अख्तियारको नेतृत्व गरेका थिए।
प्रतिक्रिया