NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

प्रचण्ड–नेपाल समूहका नेता वाग्ले मृत भेटिए

काठमाडाैं । नेकपाको प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य डाचाराज वाग्ले मृत भेटिएका छन् । सर्लाही जिल्ला इन्चार्ज रहेका वाग्ले बुधबार राती बरहथवा नगरपालिका–९ मा मृत भेटिएका हुन।प्रहरीका अनुसार बुधबार राती ९ बजे उनलाई ज १० प ३२०६ नम्बरको मोटरसाइकलसहित अचेत अवस्थामा फेला पारिएको थियो । वाग्लेको सडक दुर्घटनामा परेर मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।