NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

कार्यकर्तासँगै सडकमा प्रचण्ड

काठमाडौं । देशव्यापी रुपमा आम हडताल गरिरहेको नेकपाका अध्यक्ष प्रचण्ड कार्यकर्तासँगै हडतालमा सहभागी हुन सडकमा आएका छन् । बिहीबार बिहान सातदोबाटोबाट उनी हडतालमा सहभागी भएका हुन् । प्रचण्डले आफ्नो समूहले गरिरहेको आन्दोलन प्रचण्ड र केपीको जुहारी नभएर असंवैधानिक कदम सच्याउनलाई भएको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गरेर नेकपाको प्रचण्ड–नेपाल समूहले देशव्यापी आम हडतालको घोषणा गरेको थियो । बिहीबार देशभर आम हडताल भइरहेको छ, जसमा कतिपय ठाउँमा तोडफोड समेत भएका छन् ।