बन्दको अवज्ञा गरेको भन्दै चार ट्रकमा तोडफोड

काठमाडौ । नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुई र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् । बन्दकर्ताले ना३ख ३९३, ना१क १४३५ र ना८ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका बन्द कर्ताले भरतपुर महानगरपालिका–१ भतेरीमा ट्रक तोडफोड गरेका हुन् । यस्तै टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका–१२ मिलनचोकमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
को बन्ला राष्ट्र बैंकको गभर्नर ?
-
मन्त्रिपरिषद बैठक बस्दै, गभर्नर नियुक्तिकाे सम्भावना कति ?
-
‘बिचौलियाका स्वार्थमा रहेर भूमिसम्बन्धी विधेयक आयो’
-
मुसहर समुदायका महिला नागरिकता नभएर मौलिक हकबाट वञ्चित छन् : मुख्यमन्त्री सिंह
-
विपद् व्यवस्थापनमा सहयोग र सहकार्यसहित एकीकृत प्रयास आवश्यक छ : मुख्यमन्त्री कार्की
प्रतिक्रिया