जनकपुरमा झडप हुँदा नेकपा नेता झा घाइते, अस्पताल लगियो

काठमाडौं । प्रचण्ड–नेपाल समूहले गरेको आम हड्तालका क्रममा जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा नेता रामचन्द्र झाको टाउकोमा चोट लागेको छ । बन्द गराउन हिंडेका झाको समूहलाई प्रहरीले अवरोध गरेपछि झडप भएको थियो । झडपमा प्रहरीको लाठीबाट झाको टाउकोमा चोट लागेको हो । झालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
प्रतिक्रिया