NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

राष्ट्रपति, प्रधानमन्त्रीसहित ३९ जनालाई विपक्षी बनाउँदै सभामुख सर्वोच्चमा [रिटसहित]

काठमाडाैं । संवैधानिक परिषद्द्वारा विभिन्न संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति असंवैधानिक रहेको भन्दै सभामुख अग्नी सापकोटाले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । संसदीय सुनुवाइविना नियुक्ति गर्नु अवैधानिक रहेको भन्दै सापकोटाले राष्ट्रपति, प्रधानमन्त्रीसहित ३९ लाई विपक्षी बनाएका छन् । रिटमाथिकाे सुनुवाइ अाइतबार हुने भएकाे छ । यसरी अघि बढेको थियो नियुक्ति प्रक्रिया संवैधानिक परिषद्बाट सिफारिस गर्न बहुमत नपुग्ने भएपछि प्रधानमन्त्री केपी ओलीले अध्यक्षसहित बहुमत सदस्य उपस्थित भए परिषद् बैठक बस्न सक्ने गरी अध्यादेश ३० मंसिरमा अध्यादेश ल्याएका थिए । अध्यादेशपछिको बैठकमा प्रधानमन्त्री, प्रधानन्यायाधशीश र राष्ट्रिय सभाका अध्यक्ष मात्रै उपस्थित भएका थिए । तर, प्रतिपक्षी दलका नेता र सभामुख भने परिषद्को बैकठमा उपस्थित भएका थिएनन् । ५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि विभिन्न संवैधानिक आयोगहरुमा नियुक्ति सिफारिस भएको सार्वजनिक भएको थियो । सिफारिस भएपछि संसदीय सुनुवाई हुनुपर्ने प्रावधान छ । तर, ४५ दिनभित्र सुनुवाइ नभए स्वतः नियुक्ति हुने प्रक्रिया रहेको भन्दै गत बुधबार संवैधानिक आयोगका पदाधिकारीहरुको सपथ गराइएको थियो । त्यसरी प्रक्रिया नै नपुगी नियुक्ति गरिएको भन्दै सभामुख सापकोटाले असन्तुष्टि जनाएका थिए । १८ माघमा सापकोटाले नियुक्ति सिफारिससम्बन्धी पत्र संवैधानिक परिषद्मैं फिर्ता पठाएका थिए । सापकोटासँगै शशी श्रेष्ठ, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र रेखा शर्मालगायत नेताहरु पनि अदालत पुगेका छन् । यस्ताे छ रिट

ताजा अपडेट

नेपालवाच विशेष