NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

काम गर्न नपाएपछि संसद विघटन गरें : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले आफूलाई काम गर्नै नदिएपछि प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । काठमाडौंको नारायणहिटी दरबार संग्राहालय अगाडि भएको आमसभामा ओलीले संसद विघटन संविधानसम्मत छ छैन भनेर बहस भए पनि काम गर्नै नदिएपछि विघटन गर्नुपरेको बताएका हुन् । ‘संसद विघटन संविधानसम्मत छ की छैन भनेर बहस भइरहेको छ । सर्वसाधारणले बुझेको कुरा हो । संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम नर्ग नपाउने र नदिने अवस्थामा संसद विघटन गर्छ’ ओलीले भने, ‘बेलायतमा लिखित संविधान छैन । विघटनको विषय लेखेको छैन । तर, अस्ती भर्खर संसद विघटन गरेर प्रधानमन्त्रीले चुनाव घोषणा गरे । काम गर्न नपाएपछि विघटन गर्न पाइन्छ । काम गर्न नदिएपछि जनताको ताजा जनादेशबाट खोज्नुपर्छ ।’ काम गर्न नदिई आफूलाई हटाउन लागेपछि चुनाव घोषणामा जानुपरेको ओलीको प्रष्टोक्ति थियो । ‘यो सरकार पाँच वर्षका लागि हो । पाँच वर्षका लागि चलाउ भनें । तर, उहाँहरु केपी ओली हट्नुपर्छ भनेर लागे । देशलाई भड्खालोमा हाल्नुपर्छ भनेर लागे । उहाँहरुले आफ्नो महत्वकांक्षा र स्वार्थको लागि जनतालाई धोका दिनुभएको छ । सरकारलाई देशलाई संसदलाई केही गर्न दिनुभएन’ ओलीले भने, ‘काम गर्नै नपाउने अवस्था भएपछि नेपाली जनताबीच ताजा जनादेशमा जाने निर्णय लिएँ ।’ ओलीले तीन वर्षको अवधिमा बजेट भाषणको शैलीमा आफ्नो समयमा गरेका कामको फेहरिस्त प्रस्तुत गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष