NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

प्रतिनिधिसभा अदालतबाट पुनर्स्थापना नभए आन्दोलनबाट पुनर्स्थापना हुन्छ : पौडेल

काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना नभए आन्दोलनबाट पुनर्स्थापना हुने बताएका छन् । तनहुँको दमौलीमा आयोजित कांग्रेसको विरोधसभा उनले अदालतले पुनर्स्थापना नगरे आन्दोलनले पुनर्स्थापना गर्ने बताएका हुन् । यद्यपी प्रतिनिधिसभाको पुनर्स्थापना अदालतबाटै हुनेमा आफू विश्वस्त रहेको उनको भनाई थियो । “प्रतिनिधिसभा विघटन हुनु भनेको लोकतान्त्रिक व्यवस्था सङ्कटमा पर्नु हो”, उनले भने, “वैशाखमा चुनाव हुने अवस्था छैन् ।” सिद्धान्तमा एक भएर पार्टी एकीकरण नभई पद र सत्ता प्राप्तिका लागि गरिएकाले कम्युनिष्ट पार्टी फुटको अवस्था आएको उनको भनाई छ । पौडेलले कांग्रेस सच्चिएर अघि बढ्नुपर्ने समय आएको पनि बताए । कांग्रेसको इतिहास राम्रो छ, नेताहरु सच्चिएर अघि बढ्ने हो भने ९० प्रतिशत भोट कांग्रेसलाई आउँछ भन्ने उनको दाबी थियो । पौडेलले जनताको समस्या समाधान गर्ने गरी कांग्रेस अघि बढ्नुपर्ने बताउँदै पार्टीभित्र एक पक्ष कमजोर अर्को पक्ष बलियो हुन्छु भन्ने सोचाई राख्नु गलत भएको धारणा राखे । “कम्युनिष्ट पार्टीहरुबीच फुट हुँदा कांग्रेस बलियो वा खुसी हुन्छ भने होइन्”, उनले भने, “अर्काको भत्किएर आफ्नो घर बलियो हुन्छ भन्ने सोचाई कसैले राख्नु हुँदैन ।” नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेस चुनावदेखि डराउने पार्टी हैन भन्दै चुनाव र संसद् पुनःस्थापना पनि नहुने अवस्था आएमा आन्दोलन मात्र एक विकल्प भएको बताए ।

ताजा अपडेट

नेपालवाच विशेष