अब क्रमश गर्मी बढ्दै जान्छ : मौसमविद्

काठमाडौँ । विहान चिसो बढेपनि अब क्रमश गर्मी बढ्दै जाने मौसम विद्हरुको पूर्वानुमान रहेको छ । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि पश्चिम नेपालबाट मौसम बदली सुरु भएको थियो । यो प्रणाली पूर्वी नेपालहुँदै बाहिरिसकेको छ । त्यसैले अब मौसममा क्रमिक सुधार हुँदै जाने र क्रमिक रुपमा गर्मी बढ्दै जानेछ । पश्चिमी वायुको न्यून चापीय प्रणालीको प्रभावका कारण धेरैजसो स्थानमा वर्षा र उच्च पहाडी भागहरुमा हिउँ परेको थियो । काठमाडौं उपत्यका वरपरका अग्ला डाँडाहरुमा हिउँ पर्दा यहाँ चिसो बढेको थियो । तर अब पश्चिमी वायुको प्रभाव हटेपछि गर्मी सुरु हुने मौसमविदले बताएका छन् । काठमाडौंमा आइतबार बिहान न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन भएको छ । मौसमविद सजिना शाक्यका अनुसार आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस थियो । उनले बिहानपख जाडो भए पनि दिउँसोदेखि भने न्यानो हुने बताइन् ।
प्रतिक्रिया