NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

पहिलो चरणमा एक लाख ८४ हजारले कोरोनाविरुद्धको खोप लगाए

पहिलो चरणको कोरोना भाइरस (कोभिड १९) विरुद्धमा खोप एक लाख ८४ हजार आठ सय ५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार आठ सय ५७ जनालाई दिइएको छ । जसअनुसार प्रदेश नं १ मा २४ हजार दुई २४, प्रदेश नं २ मा २५ हजार ६ सय ३७, वाग्मती प्रदेशमा ६३ हजार तीन सय ८, गण्डकी प्रदेशमा १८ हजार चार सय ७२, लुम्बिनी प्रदेशमा २८ हजार नौ सय ४१, कर्णाली प्रदेशमा नौ हजार चार सय २० र सुदूरपश्चिम प्रदेशमा १४ हजार आठ सय ५५ जना छन् । मन्त्रालयले यही माघ १४ गतेदेखि पहिलो चरणमा कूल जनसंख्याको तीन प्रतिशतलाई खोप लगाउनेमध्ये प्राथमिकतामा परेका व्यक्तिलाई खोप प्रदान गरेको थियो । खोप अभियान शनिबार सम्पन्न भएको थियो । मन्त्रालयले पहिलो चरणका लागि ल्याइएका खोप प्राथमिकताका आधारमा अर्को चरणमा लगाउने भएको छ । नेपालमा कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले कुनै अवाञ्छित घटना नभई खोप अभियान सफलतापूर्वक सम्पन्न भएको बताए । भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष