NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

पूर्व मन्त्रीहरुको सुरक्षामा खटिएका प्रहरीलाई २४ घण्टाभित्र फर्किन सरकारको निर्देशन

काठमाडाैं । सरकारले पूर्व मन्त्रीहरुसँग खटिएका सुरक्षाकर्मीलाई २४ घण्टाभित्र हाजीर हुनेगरि फिर्ता बोलाएको छ । आइतबार गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षासम्वन्ध्री कार्यविधि २०७७ विपरित सुरक्षाकर्मी राख्नेहरुलाई फिर्ता बोलाएको हो । नयाँ कार्यविधि अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, सभामुख ÷ राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, पूर्व प्रधानमन्त्री, पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व गृहमन्त्री लगायतले सुरक्षाकर्मी पाउनेछन् । कार्यविधिमा नपरेका पूर्व मन्त्री तथा अन्य पदाधिकारीले गृह मन्त्रालयलाई सुरक्षा खतरा रहेको निवेदन दिनुपर्ने छ । निवेदनअनुसार गृह मन्त्रालयमा सहसचिवको नेतृत्वमा रहेको सुरक्षा थ्रेट मूल्यांकन कमिटीले अध्ययन गरेर सुरक्षाकर्मी उपलब्ध गराउने÷नगराउने निर्णय गर्ने कार्यविधीमा उल्लेख छ । गृह मन्त्रालयले त्यही नयाँ कार्यविधीअनुसार पूर्व मन्त्रीहरुको सुरक्षामा खटिएका प्रहरी फिर्ता गरेको हो । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले विशिष्ट व्यक्तिको सुरक्षासम्वन्ध्री कार्यविधि २०७७ अनुसार निर्णय भएको बताए । ‘कार्यविधि कार्यान्वयन गर्दा क–कसको सुरक्षाकर्मी खोसिए भन्ने जानकारी छैन तर कार्यविधि विपरितको सुरक्षाकर्मी फिर्ता गरेका छौँ ।’ प्रवक्ता बुढाले भने । नयाँ कार्यविधि अनुसार मन्त्रीबाट हटेको दुई बर्ष पुगेका पूर्व मन्त्रीहरुले सुरक्षागार्ड राख्न पाउँदैनन् । तर पूर्व गृह मन्त्रीलाई भने आजीवन सुरक्षाकर्मी उपलब्ध गराउने कार्यविधीमा उल्लेख छ ।

ताजा अपडेट

नेपालवाच विशेष