लिभरपुलमाथि सिटीको सानदार जित

इंगलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लिभरपुलमाथि सानदार जित दर्ता गरेको छ । गएराती भएको खेलमा सिटीले लिभरपुललाई ४ – १ गोल अन्तरको फराकिलो हार चखाएको हो ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ४९ औं मिनेटमा सिटीका लागि गुन्डोगानले गोल गरे । ६३ औं मिनेटमा लिभरपुलका मोहमद सलाहले बराबरी गोल गरे । ७३ औं मिनेटमा फेरि सिटीका लागि गुन्डोगानले गोल गरे । रहिम स्ट्रलिंगले ७६ र फोडेनले ८३ औं मिनेटमा गोल गर्दा सिटीले प्रभावशाली जित दर्ता गर्यो । लिगमा अरुको भन्दा एक खेल कम खेलेको सिटी २२ खेलबाट ५० अंकसहित पहिलो स्थानमा छ । २३ खेल खेलेको म्यानचेस्टर सिटी ४५ अंकसहित दोस्रो स्थानमा, २३ खेलबाटै ४३ अंक जोडेको लेस्टर सिटी तेस्रो स्थानमा छ । लिभरपुलको २३ खेलबाट ४० अंक भएको छ । उसले लगातार दुई खेल गुमाउँदा ६ अंक गुमाएको छ ।
प्रतिक्रिया