NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

जितसँगै बार्सिलोना फेरि दोस्रो स्थानमा

स्पेनिस ला लिगामा बार्सिलोनाले कमब्याक जित गरेको छ । गएराती भएको खेलमा रियट बेटिसलाई बार्साले हराएको हो । ३८ औं मिनेटमा बेटिसले अग्रता लिएको थियो । तर, सब्टिच्युट खेलाडीका रुपमा मैदान गरेका मेसीले ५९ औं मिनेटमा गोल गरे । भिक्टर रुइजले ७५ औं मिनेटमा आत्मघाती गोल गर्दा बार्साले अग्रता लियो । उनै रुइजले बेटिसका लागि ७५ औं मिनेटमा बराबरी गोल गरे । तर, ८७ औं मिनेटमा ट्रिनकाओले गोल गर्दा बार्साले खेल ३ – २ ले जित्न पुग्यो । जितसँगै बार्सिलोनाले २१ खेलबाट ४३ अंक बनाएर दोस्रो स्थानमा उक्लेको छ । दुई खेल कम खेलेको एटलेटिको म्याड्रिड ५० अंकसहित पहिलो स्थानमा छ । रियल पनि ४३ अंकसहित तेस्रो स्थानमा छ । सेभिल्ला ४२ अंकसहित चौथो स्थानमा छ ।

ताजा अपडेट

नेपालवाच विशेष