NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

बैतडी घटनाका अपराधीलाई हदैसम्मको कारवाही गर्न महिला संघकाे माग

काठमाडौं । नेपाल महिला संघले महिला माथि हुने गरेका अनवरत हिंसाका श्रृखंलाले सिङ्गो राष्ट्र र समाज आतङ्कित बनेको भन्दै बलात्कारपछि हत्यासहितका हिंसाका घटनाका दोषीलाई तत्काल कारवाही गर्न माग गरेको छ । संघकी सचिव लक्ष्मी खतिवडाले विज्ञप्ति जारी गर्दै अढाई बर्ष पहिले कञ्चनपुरमा विभत्स बलात्कार र हत्याको शिकार भएकी बालिका निर्मला पन्तको हत्यारालाई सरकारले अहिलेसम्म पनि कानूनी कठघरामा उभ्याउन नसकेको र फेरि सोही प्रकृतिको घटना घटेकोको भन्दै भत्र्सना गरेको छ । ‘गत असोजमा मष्टा गाउपालिका बझाङमा १२ वर्षिया बालिका सम्झना कामीको वलात्कार र हत्याको घटना पनि महिलामाथि हुने गरेका जघन्य अपराधको एउटा कडी हो । यी अपराधलाई तोड्न महिला विरुद्ध सिलसिलेवार रुपमा हुने गरेका हत्या र हिंसाका सिलसिलालाई तोडनुपर्ने हुन्छ । यसका निम्ति राजनीतिक पार्टी, विभिन्न संघसंस्थाहरु, पेसाकर्मीहरु लगायत सिंगो समाज अपराधको खिलाफमा खडा रहनु आजको मूल आवश्यक्ता हो । यीनै प्रयासहरुले अपराधीको बढेको मनोवल घटाउन र दण्डहिनताको अन्त्य गर्ने वातावरण बनाउन सकिन्छ’ विज्ञप्तिमा उल्लेख छ, ‘माघ २१ गते विद्यालयबाट घर फर्कीने क्रममा बैतडीको दोगडाकेदार गाउँपालिकामा रहेको सनातन धर्म उच्च मा।वि।की छात्रा भगिरथी भट्टको बलात्कार र हत्याको घटनाले सिंगो मुलुकलाई फेरी स्तब्ध बनाएको छ । नेपाली कांग्रेस महिला विभाग यो घटनाको घोर निन्दा र भत्र्सना गर्दछ । उक्त घटनाको निष्पक्ष छानबिन गरी अपराधीलाई हदैसम्मको सजाय होस् भनी सरकार समक्ष जोडदार माग गर्दै यो घटनाको अनुसन्धानमा कुनै लापरबाही नगरियोस् भन्ने महिला विभाग चेतावनी दिन चाहन्छ ।’ माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा लबलेक सामुदायिक बनको जंगलमा मृत अवस्थामा फेला परेकी भगिरथीको परिवारलाई उचित क्षतिपूर्तिको माग पनि संघले गरेको छ । घटनाको सत्यतथ्य पत्ता लगाई पिडितलाई न्याय दिलाउन खबरदारीका निम्ति नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीसँग समन्वय गरी स्थलगत अवलोकनसहित आवश्यक कार्य गर्ने गरी केन्द्रीय महिला विभागका सदस्य राधिका सिहंलाई खटाएको संघले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष