NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

चम्पुजा र मञ्जुश्री पार्कमा पर्यटकको आकर्षण बढ्यो

दोलखा । भीमेश्वर नगरपालिकाको चम्पुजा र मञ्जुश्री पार्कमा पर्यटकको आकर्षण ह्वात्तै बढेको छ । दुई पार्कमा दैनिक दुई–तीन सय आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्ने गरेका छन् । पार्कबाट पवित्र धार्मिकस्थल भीमेश्वर, कालिञ्चोक, तामाकोशी, हनुमन्ते, शैलुङ र गौरीशङ्कर नजिकबाट नियाल्न सकिन्छ । यहाँको विकासका लागि भीमेश्वर मन्दिर नजिक सोलार पार्कसमेत बनाउन छिट्टै शुरु गरिने नगर प्रमुख भरतबहादुर केसीले बताए । २०७१ मा नगरपालिकाले आफ्नाे बजेटबाट पार्क बनाउन शुरु गरेको थियो । पछि पर्यटन मन्त्रालय, शहरी विकास मन्त्रालय र स्थानीय नागरिकको जनश्रमदानमा गरी एक–एक करोडको लगानीमा निर्माण गरिएको छ । पार्कले अझै पूर्णता पाएको छैन । भीमसेनको दर्शनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटक मन्दिर नजिक पर्ने कारण चम्पुजा र मञ्जुश्री पार्क जाने गरेका छन् । आर्थिक समृद्धिका लागि यहाँका धार्मिकस्थल र पार्क कोशेढुङ्गा सावित हुने वडा नं २ का वडाध्यक्ष विराजमान श्रेष्ठले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष