पोस्टमार्टम रिपोर्ट : भागरथी भट्टको बलात्कार, घाँटी थिची हत्या

कााठमाडौँ – बैतडीमा मृत फेला परेकी किशोरी भागरथी भट्टको बलात्कार भएको पोस्टर्माटम रिपोर्टले पुष्टि गरेको छ । सोमबार आएको पोष्टमार्टमको विस्तृत रिपोर्टका अनुसार उनको बलात्कार भएको पुष्टि भएको हो । उनको मृत्युको कारण घाँटी थिचिनु रहेको पोस्टमार्टम रिपोर्टले जनाएको छ। शनिबार शव फेला परेपछि उनको बलात्कार भएको आशंका गरिएको थियो । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार शनिवार गरिएको पोष्टमार्टमको विस्तृत रिपोर्ट सोमबार आएको हो, जसमा भट्टको बलात्कार भएको र घाँटी थिचि हत्या भएको खुलेको हो।
प्रतिक्रिया