NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा पाउनु जनताका लागि भाग्य हो : गुरुङ

दमौली । मुलुकले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई पाउनु जनताको लागि भाग्यको कुरा भएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । केपी शर्मा ओलीको प्रशंसा गर्दै उनले विकासका लागि केपी शर्मा ओली प्रधानमन्त्रीको रुपमा पाउनु जनताका लागि भाग्यको कुरा भएको बताएका हुन् । तनहुँको भानु नगरपालिका–५ स्थित पुरनडिही स्वास्थ्य केन्द्रमा निर्माण हुन लागेको नगरस्तरीय अस्पतालको शिलान्यास गर्दै मुख्य मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि देशमा विकासको गति बढेको बताए । “केपी ओली नेतृत्वमा धेरै काम भएका छन् । उहाँलाइ प्रधानमन्त्रीको रुपमा पाउनु देशका लागि भाग्यको कुरा हो । ” मुख्य मन्त्रीले भने । यस्तै मुख्य मन्त्री गुरुङले पहिलो पटक लागू भएको सङ्घीय शासन प्रणालीले प्रत्येक स्थानीय तहमा विकासको गति बढाएको बताए । तीन तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको जनाउँदै उनले त्यसो भएमा मात्रै विकास दिगो हुने बताएका हुन् । सङ्घ सरकारले हस्तान्तरण गरेका सडक र पुलका योजनालाई प्रदेश सरकारले महत्वका साथ अगाडि बढाएको बताउँदै गुरुङले काम गर्न सोच आवश्यक रहेको बताए । उनले चालू आर्थिक बर्ष भित्र आधारभूत खानेपानीको व्यवस्था गरिने बताउँदै मुख्यमन्त्री गुरुङले एक घर : एक धारा अभियानलाई पनि प्राथमिकताका साथ अगाडि बढाइएको बताए ।

ताजा अपडेट

नेपालवाच विशेष