भागरथी भट्टकाे हत्यारालाई कारबाहीकाे माग गर्दै माइतीघरमा दीप प्रज्वलनसहित प्रदर्शन [भिडियाे]

काठमाडौँ – बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया भागरथी भट्टको हत्यारालाई फाँसीको माग गर्दै काठमाडौँको माइतिघरमा प्रदर्शन भएको छ। https://youtu.be/Mjzgpl97LyA सोमबार बेलुकी विद्यार्थीहरूले माइतिघरमा दीप प्रज्वलन गर्दै भट्टलाई न्याय दिन सरकारसँग माग गरेका छन् ।प्रदर्शनमा उनीहरूले ‘सरकार तेरो पाराले दुख पाए साराले’, ‘छोरी चेली बोलीदेउ पिर व्यथा खोलीदेउ’, ‘छोरा बनौँ सुसंस्कृत छोरी छैनन् सुरक्षित’, ‘भागरथी भट्टलाई न्याय दे’ लगायतका नारा लगाएका थिए । गत शनिबार बैतडीमा मृत फेला परेकी भट्टको बलात्कार भएको पोस्टर्माटम रिपोर्टले पुष्टि गरिसकेकाे छ। सोमबार आएको पोष्टमार्टम रिपोर्टका अनुसार उनको बलात्कार भएको पुष्टि भएको हो । उनको मृत्युको कारण घाँटी थिचिनु रहेको पोस्टमार्टम रिपोर्टले जनाएको छ। शनिबार शव फेला परेपछि उनको बलात्कार भएको आशंका गरिएको थियो ।
प्रतिक्रिया