NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

भागरथीको हत्याको घटना निर्मलाको जस्तो हुँदैन्ः गृहमन्त्री थापा

काठमाडाैं । बैतडीमा बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टको हत्याको घटना निर्मला पन्तको जस्तो जटिल नभएकाले अनुसन्धान छिट्टै हुने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बताएका छन् । दुई वर्षअघि २०७५ साउन १० गते कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि ह्रत्या भएको थियो । उक्त अपराधमा संलग्न व्यक्तिलाई अहिलेसम्म पनि सरकारले पत्ता लगाउन सकेको छैन् । तर, भागरथीको बलात्कार र हत्याको घटना निर्मलाको जस्तो नहुने र अपराधी छिट्टै पक्राउ पर्ने मन्त्री थापाले बताएका छन् । मंगलबार नेपाल विद्यार्थी संघ (नेविसंघ)ले गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाउँदा पत्र लिदैं उनले सरकारले भागरथीको हत्याका अपराधी छिट्टै पक्राउ पर्ने र कानुनअनुसार सजाय हुने बताएका हुन् । थापाले अहिले सरकारको अनुसन्धान र प्रशासनिक निकायले पूर्णरुपमा बैतडीमा ध्यान पुर्याइरहेको बताएका थिए । उनले भने, ‘हामी करिब करिब अपराधी नजिक पुगेका छौं । अपराधी पत्ता लगाउन युवा, विद्यार्थी, नागरिक समाज लगायत सबैको सकरात्मक सहयोगको सरकारले अपेक्षा गरेको छ ।’

ताजा अपडेट

नेपालवाच विशेष