प्रधानमन्त्री ओली अकस्मात निर्वाचन आयोग पुगे

काठमाडौँ ।आफु नै आधाकारिक नेकपाको अध्यक्ष रहेको दावी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन् । प्रचण्ड–नेपालले नेकपामा आधिकारिता दावी गर्दै १९ पन्ने निवेदन दिएपछि प्रधानमन्त्री ओली पनि नेकपामा आधिकारिता दावी गर्दै आयोग पुगेका हुन् । प्रधानमन्त्रीको सचिवालयले भने बैशाखमा हुने निर्वाचनको तयारीबारे जानकारी लिन प्रधानमन्त्री ओली निर्वाचन आयोग पुगेको बताएका छन् । गत माघ १६ गते आयोगले नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न नेकपाका दुवै पक्षलाई बोलाएको थियो । सोही अनुसार प्रचण्ड–माधव नेपाल समूहले आयोगमा पुगेर नेकपामा आफ्नो आधिकारिता दावी गरेको थियो । तर प्रधानमन्त्रीसमेत रहेका ओली गएका थिएनन् ।
प्रतिक्रिया