NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

कृषि उत्पादनको बजार सरकारले ज्ञारेण्टी गर्ने कृषि मन्त्रीको प्रतिवद्धता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्यालले किसानको उत्पादनले बजार पाउने ज्ञारेण्टी सरकारले गर्ने बताएकी छिन् । मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारको अवलोकन गर्दै मन्त्री अर्यालले किसानले पसिनाको उचित मुल्य प्राप्त गर्ने गरि बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधि बनाउन लागेको बताएकी हुन् । उनले त्यो कामका लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताएकी छिन् । उत्पादित वस्तुको बजारीकरणको व्यवस्था गर्नु राज्यको जिम्मेवारी रहेको भन्दै उनले किसानलाई बजारको व्यवस्थापन गर्न उत्पादित वस्तुको बजारको ग्यारेन्टी गर्ने बताएकी हुन् । उत्पादनलाई बढावा दिने तथा उत्पादनलाई बजारमा विक्रि हुने वातावरण बनाउन सरकारको तर्फबाट योजना ल्याउँछौँ, मन्त्री अर्यालले भनिन् । यस्तै मन्त्री अर्यालले जुनसुकै परिस्थितिमा पनि समस्या नआउने गरी मलको भण्डारण स्थापना गर्ने बताएकी छिन् । उनले अहिले गहुँ लगाउने सिजनमा पनि मल पर्याप्त रहेको र किसानले सहज ढंगले मल पाइरहेको दावी गरेकी छिन् ।

ताजा अपडेट

नेपालवाच विशेष