NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

निर्वाचन आयोगमा छलफलपछि बाहिरिए ओली

काठमाडौं । कामचलाउ प्रधानमन्त्री समेत रहेका राजनीतिक रुपमा विभाजित नेकपाको एक समूहका अध्यक्ष केपी शर्मा ओली निर्वाचन आयोगमा छलफलपछि बाहिरिएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार प्रधानमन्त्री ओली र निर्वाचन आयोगका पदाधिकारीहरुबीच निर्वाचनको तयारीको विषयमा छलफल भएको छ। थापाले बताएअनुसार पार्टीको विभाजन र पार्टी विवादको बारेमा कुनै पनि किसिमको छलफल नभएको र प्रधानमन्त्री र निर्वाचन आयुक्तबीचको आजको भेटघाट पूर्ण रुपमा निर्वाचनको तयारी र निर्वाचन केन्द्रित भएको छ । थापाले भने, ‘प्रधानमन्त्रीले आयोगले गरिरहेको तयारी सन्तोष जनक रहेको भन्दै धन्यवाद दिनु भएको छ । यो भेट मुलत आयोगले निर्वाचनको बारेमा गरिरहेको कामको बारेमा जानकारी लिन आउनु भएको हो । दलको बारेमा छलफल होइन् ।’ थापाले निर्वाचन आयोगमा ओली प्रधानमन्त्रीको रुपमा चुनावको तयारीको बारेमा बुझ्न आएकाले नेकपा विवादको बारेमा कुनै पनि छलफल नभएको बताएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष