NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

आम हड्तालको समिक्षा गर्न नेकपा सचिवालय वैठक बस्दै

काठमाडौँ । माघ २२ गते पार्टीले आह्वान गरेको आम हड्तालको समिक्षा गर्न नेकपाको प्रचण्ड माधव पक्षले सचिवालय बैठक बोलाएको छ । नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरमा बस्ने गरि बैठक बोलाएको हो । बैठकमा प्रधानमन्त्रीको कदम विरुद्ध भएको अहिलेसम्मको आन्दोलनको समिक्षा हुने नेता झलनाथ खनालले बताए । ‘अहिलेसम्म भएका आन्दोलनको समीक्षा गछौँ र भोलीका लागि राखिएको विरोध सभाको तयारीमा छलफल गछौँ ।’ नेता खनालले नेपालवाचसँग भने । प्रतिनिधि सभा विघटन र विभिन्न संबैधानिक निकायमा पदाधिकारीको नियुत्त गरिएको विरोधमा प्रचण्ड–नेपाल समूह आन्दोलित छ । प्रधानमन्त्रीको कदमलाई प्रतिगमन भन्दै प्रचण्ड–नेपाल समूहले विभिन्न चरणको आन्दोलन गर्दै आएको छ । उक्त समूहले भोलीको आमसभामा अहिलेसम्मकै धेरै मानिस उत्रार्ने र विशाल जनसभा हुने बताएको छ । त्यही विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष