NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

२८ माघको प्रदर्शनमा सहभागी हुन प्रचण्ड-नेपालको संयुक्त भिडियो अपिल

काठमाडौं । राजनीतिक रुपमा विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहले माघ २८ गते गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन पार्टीका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले संयुक्त रुपमा अपिल गरेका छन् । भिडियो सन्देश मार्फत पार्टीका दुई अध्यक्षले माघ २८ गते हुने विशाख जनसभा तथा विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् । भिडियोमा भनिएको छ, ‘माघ २८ गते हाम्रो पार्टीद्वारा काठमाडौंमा विशाल जनप्रदर्शन र विरोध सभाको आयोजना गरिएको छ । यो सभा प्रतिगमनका षड्यन्त्रहरुलाई परास्त गर्नका लागि, प्रतिनिधिसभाको विघटन गर्ने कदमको विरुद्धमा सशस्त आवाज गुञ्जाउनका लागि, हाम्रो विरोध प्रदर्शन त्यो प्रतिगमनलाई परास्त गर्ने अभियान हो ।’ गत पुस ५ गते प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई खेमामा विभाजित भएको छ । दुवै समूहले आफ्नो समूह आधिकारिक भएको तर्क राख्दै आएका छन् भने सडकमा एक अर्कालाई कटाक्ष गर्दै हिँडिरहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष