NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

‘भ्यालेन्टाइन डे’ को लागि यती एइरलाइन्सले ल्यायो यस्तो अफर

काठमाडौं । निजी वायुसेवा कम्पनी यती एइरलाइन्सले प्रेमदिवस ‘भ्यलेन्टाइन डे’ फेब्रुअरी १४ लाई मध्यनजर गर्दै पर्वतीय उडान ‘माउन्टेन फ्लाइट’ मा विशेष अफर ल्याएको छ । यस अफर अन्तर्गत पर्वतीय उडानमा जाने यात्रुलाई विमानस्थलदेखि घरसम्म बससेवा उपलब्ध गराइनेछ । राइड सेयरिङ एप ‘पिक मि’ ले यात्रुलाई घरदेखि विमानस्थलसम्म ल्याउने र लैजाने व्यवस्था गर्नेछ । टिकट भने पुरानै मूल्य अथार्त रु आठ हजार ८४८ तोकिएको छ । योसँगै पर्वतीय उडानका यात्रुलाई प्रेम उपहारका साथै आठ जिबी डेटा तथा रु एक हजार क्यास बराबरको स्मार्ट टेलिकमको सीमकार्ड पनि दिइने एइरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए कोरोना महामारीको बन्दाबन्दी ८ महिनापछि गत मंसिर २० मा एउटा टिकट किन्दा अर्को सित्तैमा आउने अफर ल्याउँदै एयरलाइन्सले पर्वतीय उडान सुरु गरेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष