NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

बैशाखमा हुने निर्वाचनमा प्रचण्ड–नेपाल समूहले भाग नलिने

काठमाडौँ । नेकपाका अध्यक्ष प्रचण्डले बैशाखमा निर्वाचन गर्नेगरि तयारी भइरहेको भन्दै उक्त निर्वाचनमा आफुहरुले भाग नलिने स्पष्ट पारेका छन् । अदालतबाट विघटित प्रतिनिधीसभा व्युँतने विस्वास रहेको भन्दै उनले त्यस्तो अवस्थामा निर्वाचनको चर्चा नहुने बताए । ‘अदालत र निर्वाचन आयोगमा सेटिङ छ भन्ने सुनिन्छ, यदि त्यस्तो हो र प्रतिनिधिसभा विघटनलाई अदालतले सदर गर्याे भने त्यसपछि हुने निर्वाचनमा भाग लिन सकिदैन,’ प्रचण्डले भने । मंगलबार विदेशी मिडियाका पत्रकारहरुसंग कुरा गर्दै उनले यस्तो बताएका हुन् । असंवैधानिक र अलोकतान्त्रिक ढंगले संविधान मिचिएको र त्यसको मातहतमा हुने निर्वाचन पनि असंबैधानिक हुने प्रचण्डको जिकिर थियो । त्यसक्रममा उनले घोषणा भएको निर्वाचनलाई सहज ढंगले लिन नसक्ने बताएका हुन् । ‘नैतिक र राजनीतिक रुपमा निकै ठूलो प्रश्न खडा हुन्छ ।’ प्रचण्डले भने, ‘हामी निर्वाचन विरोधी होइनौ र हुनक्तैनौ । तर असंवैधानिक र अलोकतान्त्रिक तरिकाले जबरजस्ती निर्वाचन भनियो भने त्यो अबैधानिक, असंबैधानिक र अलोकतान्त्रिक निर्वाचनका बारेमा हामीले गम्भीर रुपमा विचार गर्नुपर्ने हुन्छ ।’ यस्तै प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सदर भए देश ठूलो राजनीतिक भूमरिमा फस्ने पनि बताएका छन् । प्रचण्डले सेटिङ अनुसार नै निर्वाचन आयोग र सर्वोच्च अदालतको निर्णय आयो भने मुलुक राजनीतिक भूमरिमा फस्ने चेतावनी दिएका हुन् । त्यस लगत्तै उनले आफुहरु संविधानको अक्षर र भावना अनुसार नै न्यायलयबाट निर्णय आउनेमा विश्वस्त रहेको बताएका थिए । प्रचण्डले मुलुकमा लोकतन्त्र खतरामा परेकाले सबै लोकतन्त्रवादी अन्तराष्ट्रिय समुहदायसंग समर्थनका लागि अपिल पनि गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष