NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

फेसबुक, युट्युब जस्ता सामाजिक सञ्जाल नियन्त्रण गर्न निर्देशिका ल्याउने सरकारको घोषणा

काठमाडौँ । सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले अनियन्त्रित सामाजिक सञ्जाललाई नियन्त्रण गर्न छिट्टै सामाजिक सञ्जाल सम्बन्धि निर्देशिका २०७७ जारी गर्ने बताएका छन् । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यो जानकारी दिएका हुन् । पछिल्ला दिनमा स्वतन्त्रताको आडमा छाडा, उत्तेजित, व्यक्तिकेन्द्रीत, अदालत र राष्ट्रपति संस्थामाथि अभिब्यक्ति दिने क्रम बढेको भन्दै उनले यस्तो विकृतीलाई लामोसमय स्वतन्त्र छोड्न नसकिने बताएका हुन् । समाजिक सञ्चाल र अनलाईनबाट यस्ता सामाजिक मर्यादा विपरितका सामाग्री प्रशारण भएको सञ्चार मन्त्रीको ठहर छ । यस्ता गतिविधीले लोकतान्त्रिक शासन पद्धतिलाई प्रहार गर्ने, हिंसा फैलाउने र मुलुकलाई मुठभेड तर्फ धकेल्ने मन्त्री गुरुङको बुझाई छ । उनले स्वतन्त्रताको नाममा दर्ता बिना चलेका फेसबुक, युट्युब अनलाइनको विकृति रोक्न छिट्टै सामाजिक सञ्जाल सम्बन्धि निर्देशिका २०७७ जारी गर्ने तयारी गरेको बताएका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष