भ्यालेन्टाइन–डे मा एन.आई.सी. बैंकका ग्राहकलाई तारे होटलमा डिनर अफर

काठमाडौँ । फेब्रुअरी १४ तारिखका दिन मनाइने भ्यालेन्टाइन डे को अवसरमा एन आई सी एशिया बैंकले आफ्ना ग्राहकलाई ‘Celebrate Love with NIC ASIA Bank’ योजना ल्याएको छ । यस योजना अनुसार मोबाइल बैंकिङ्ग, डेबिट वा क्रेडिट कार्ड, त्तच् भुक्तानी लगायत डिजिटल कारोबार गर्ने २० जना भाग्यशाली ग्राहकलाई उत्कृष्ट तारे होटलमा Valentine’s Day को दिन डिनर गर्ने आकर्षक योजना घोषणा गरेको हो । बैंकले मिति २८ माघ २०७७ देखि ०१ फागुन २०७७ सम्म एन आइ सी एशिया बैंकबाट डिजिटल बैंक कारोबार गर्नेमध्ये २० जनालाई गोलाप्रथामार्फत छनौट गरेर यो सुविधा दिने भएको हो । बैंकले योजना अवधिभर ५०० रुपैयाँ भन्दा बढीको कारोबार गर्ने ग्राहकलाई मात्र गोलाप्रथामा सामेल गरिने जनाएको छ । यस्तै यो योजना अवधिभर डिजिटल च्यानलबाट पहिलो कारोबार गर्नेमध्येबाट प्रथम १०० जनालाई बैंकले १०० को मोबाइल टपअप प्रदान गर्ने पनि घोषणा गरेकोछ ।
प्रतिक्रिया