NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

काठमाडौंमा प्रचण्ड समूहको शक्ति प्रदर्शन सुरू, २ लाख प्रदर्शनकारी सहभागी हुने दाबी [फोटोसहित]

काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल समूहको प्रदर्शन काठमाडौंमा सुरु भएको छ । ५ पुसमा प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रचण्डले समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गरिरहेको हो । काठमाडौंका कोटेश्वर, माइततीघर, चावहिल, त्रिपुरेश्वर, पुल्चोकसहितकाका स्थानबाट निस्किरहेको जुलुस प्रदर्शनीमार्ग पुगेर सभामा परिणत हुनेछ । सभालाई प्रचण्ड समूहका शीर्ष नेताले सम्बोधन गर्नेछन् । प्रदर्शनीमार्ग प्रवेशकै मूल सडकमा कब्जा गर्दै प्रचण्ड समूहले शक्ति प्रदर्शन गर्न लागको हो । पछिल्लो केही समययता नेकपाका प्रचण्ड र ओलीसमूहले यसरी सडक नै कब्जा गरेर प्रदर्शन गर्दै आएका छन् । आजको विरोध प्रदर्शनमा दुई लाख बढी संख्या प्रदर्शनकारी उतार्ने दाबी प्रचण्ड समूहले गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष