प्रचण्ड–नेपाल समूहको विरोध सभामा देखिएको फुटपाथ व्यापार

काठमाडाैं । प्रतिनिधी सभा विघटन भएयता नेपाल कम्युनिष्ट पार्टी दुई टुक्रा भएको छ । पार्टी विभाजन भएसँगै दुई पक्षले गर्दै आएको विरोध सभामा फुटपाथ व्यापारीले भने राम्रै व्यापार गरिरहेका छन् । आन्दोलन तथा सभामा सहभागीहरूलाई सुन्तला, बदाम, चट्पटे, मोबाइलको चार्जर इयरफोन, आदि बेच्दै छन् फुटपाथ व्यापारी । आज प्रचण्ड–नेपालको शक्ति प्रदर्शन भइरहेको प्रदर्शनमार्ग परिसरमा चटपटे बेच्दै बसेका व्यापारी भन्छन, ‘आन्दोलन, कार्यक्रम भनेको भै रहन्छ, मानिसहरू टाढा टाढाबाट आउँछन । उनीहरूले दिनभरिमा दुईतीन हजारको मात्र खाइदिए भने पनि हामीलाई त घर चलाउने खर्च पुग्छ, आन्दोलन त त्यस्तै हो जति गरे नि हुने केही होइन । उनीहरूले गर्न पनि राम्राे खर्च गर्छन् ।’ गत ५ पुसमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेसँगै राजधानीमा विभिन्न समूहद्वारा विरोध सभा भइरहेको छ । त्यसमा पनि प्रचण्ड–नेपाल समूहले फागुनबाट संयुक्त जनआन्दोलनमा जाने जनाएको छ ।
प्रतिक्रिया