NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

अख्तियारलाई अझै प्रभावकारी बनाउछौं : प्रमुख आयुक्त राई

काठमाडौं । अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले हालसम्म भएका भ्रष्टाचारविरुद्धका काम पर्याप्त नभएको र अख्तियारलाई अझै प्रभावकारी बनाउने बताएका छन् । राईले अहिलेसम्म आयोगले गरेका कामलाई नै पर्याप्त नमानेको भन्दै भ्रष्टाचार, घुसघोरी, अनियमितता र जिम्मेवारीको दुरुपयोग गर्नेमाथि झन् बढी निगरानी गरेर काम गर्ने बताए । बुधबार आयोगको ३० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै राईले अनियमितता रोक्न र हुनै नदिन आयोगले सशक्त अनुसन्धानकर्ता र अनुसन्धानको टोली बनाउने बताएका हुन् । घुसखोरी र विचौलिया रोक्नका लागि उच्च प्राथमिकताका साथ दू्रत र सुक्ष्म टोली खटाउने उनले बताएका छन् । त्यस्तै गरि कार्यक्रमलाई सम्बोधन गर्दै उनले बोलपत्रमा हुने मिलोमतो, काम ढिलो गरी लागत बढाउने, कमसल काम गर्नेमाथि पनि कडा निगरानी गरिने बताए ।

ताजा अपडेट

नेपालवाच विशेष