NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

रेडियो नेपालमा ‘नाङ्गो नाच’ : दरबन्दी नै नभएको स्थानमा उप निर्देशकलाई काज

काठमाडौं । ‘तपाईं यस समितिको केन्द्रीय कार्यालयको व्यापार महाशाखामा रही कामकाज गर्दै आउनु भएकोमा मिति २०७७।०९।२७ गतेको निर्णयानुसार तपाईको पदाधिकार यथावत कायम रहने गरी अर्को व्यवस्था नभएसम्मका लागि तपाईलाई मिति २०७७।१०।०२ गतेबाट लागु हुने गरी रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतको कार्यालय प्रमुखमा रही कामकाज गर्न खटाइएको व्यहोरा जानकारी गराईन्छ ।’ रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपालले उप निर्देशक गोपाल थापालाई ठीक एक महिना अघि २८ पुसमा थमाएको पत्रको व्यहोरा हो यो । जुन पत्रमा प्रशासन महाशाखा प्रमुख मोहनकुमार आङ्बोले हस्ताक्षर गरेका छन् । गत भदौसम्म स्वयं थापा नै प्रशासन महाशाखाको प्रमुख थिए । रेडियो नेपालमा सञ्चार तथा कार्यक्रम, इन्जिनियरिङ र प्रशासन गरी तीन वटा सेवा छन् । इन्जिनियरिङ महाशाखाको उप निर्देशकको मात्र दरबन्दी भएका स्थानमा व्यापार महाशाखाका उपनिर्देशकलाई काजमा खटाएर प्रतिशोधको गाइजात्रा देखाइएको चर्चा रेडियो नेपालभित्र छ जसको नेतृत्व निर्देशक (प्रथम श्रेणी, सहसचिव) ले गर्छन । यसैगरी इन्जिनियरिङ, समाचार, कार्यक्रम, प्रशासन, आर्थिक प्रशासन र व्यापार प्रवद्धन गरी ६ वटा महाशाखा छन् । रोचक के भने थापालाई जहाँ काज खटाइएको छ, त्यो स्थानमा प्रशासन र व्यापार महाशाखाका उप निर्देशकको दरबन्दी नै छैन । सुर्खेतमा इन्जिनियरिङ महाशाखाका उप निर्देशकको मात्र दरबन्दी छ । इन्जिनियरिङ महाशाखाको उप निर्देशकको मात्र दरबन्दी भएका स्थानमा व्यापार महाशाखाका उपनिर्देशकलाई काजमा खटाएर प्रतिशोधको गाइजात्रा देखाइएको चर्चा रेडियो नेपालभित्र छ । गत भदौसम्म थापा रेडियो नेपालको प्रशासन महाशाखाको प्रमुख थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको निर्देशनमा भोजपुरका बुद्धिबहादुर केसी १५ साउन २०७७ मा रेडियो नेपालको कार्यकारी निर्देशक बनाईए । कार्यकारी निर्देशक बनेपछि केसीले थापालाई २३ भदौ ०७७ मा व्यापार महाशाखाको साविक दरबन्दीमै खटाएका थिए । स्रोतका अनुसार थापालाई दरबन्दी नै नभएको स्थानमा खटाइनुमा नेकपाभित्रको कलहले काम गरेको छ । यसबेला रेडियो नेपाललाई केपी ओली निकट आठाैं तहमा कार्यरत एक जना रिपोर्टिङ चिफले फनफनी घुमाईरहेका जानकारहरुको भनाई छ । उदयपुर जन्मथलो भएका नवौं तहमा कार्यरत थापा माधव नेपाल निकट मानिन्छन् । यसबेला रेडियो नेपाललाई केपी ओली निकट आठाैं तहमा कार्यरत एक जना रिपोर्टिङ चिफले फनफनी घुमाईरहेका जानकारहरुको भनाई छ । उप निर्देशक थापा रेडियो नेपालभित्र बढुवाको सूचीमा सबैभन्दा वरिष्ठ कर्मचारी हुन् । यस अघि उनले सम्हाल्दै आएको प्रशासन महाशाखा र व्यापार महाशाखा दुवैमा निर्देशक पद रिक्त छ । जस अनुसार उनले स्वतः निमित्त निर्देशकको जिम्मेवारी पाउनुपर्ने हो । तर, दु:ख दिनकै लागि उनलाई दरबन्दी नै नभएको स्थानमा काज खटाईएको रेडियो नेपालमै कार्यरत एक जना वरिष्ठ सञ्चारकर्मी बताउँछन् । ती सञ्चारकर्मीका अनुसार सरकारी स्वामित्वको सञ्चार माध्यम रेडियो नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीका ‘पकेट’का पात्र दावी गर्नेहरुले आतंक खडा गरेको पछिल्लो प्रमाण हो यो । केसी निर्देशक भएपछि त्यो आतंक उत्कर्षतिर बढिरहेको उनको भनाई छ । स्रोतका अनुसार थापालाई कार्यकारी निर्देशक केसीले टिप्पणी उठाउँदा नै प्रशासन महाशाखाबाट इन्जिनियरिङ बाहेकका उप निर्देशकहरुको अभिलेख खोजेका थिए । उनलाई कतिसम्म दवाव दिन खोजिएको छ भने पुस २९ को महिना थियो । थापालाई २७ गते निर्णय गरेर २८ गते २ माघमा सुर्खेतमा हाजिर हुन पत्र थमाईएको देखिन्छ । जब कि १ माघमा सरकारले माघीका अवसरमा सार्वजनिक बिदा दिएको थियो । रोचक के भने जुन बेला थापालाई दरबन्दी नै नभएको स्थानमा सरुवा गरियो । त्यसबेला रेडियो नेपालले गुनासो सुन्ने अधिकारी उनलाई नै तोकेको थियो । तर, रेडियो नेपालभित्र उनकै गुनासो सुन्ने कोही भएनन । थापालाई रातारात सुर्खेतमा सरुवा गरेपछि भने रेडियो नेपालले बद्रि बिलास तण्डुकारलाई गुनासो सुन्ने अधिकारी तोकेको छ । रेडियो नेपालका प्रवक्ता पुष्करराज गौतमले सुर्खेतमा नवौं तहको दरबन्दी रहेको बताए । नेपालवाचले दरबन्दी त छ, तर इन्जिनियरिङ महाशाखाको मात्र छ, प्रशासन र व्यापार महाशाखाको छैन भने पछि उनले त्यसलाई स्वीकार गरे । प्रवक्ता गौतमले भने, ‘कार्यालयले दरबन्दी नभएको ठाँउमा पनि केही समय काजमा खटाउन सक्छ । त्यसैले खटाएको होला । तर, सधैं खटाउन सक्दैन ।’ दरबन्दी नभएको स्थानमा काज खटाएको बारे उप निर्देशक थापासँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन । दरबन्दी भएका स्थानमा सधैं आनाकानी रेडियो नेपालले दरबन्दी भएका स्थानमा भने कर्मचारीहरुलाई खटाउन सकेको छैन । जस्तो तिलकराम चौधरीको दरबन्दी प्रदेश नं. एक अन्र्तगत धनकुटास्थित रेडियो नेपालको कार्यालय प्रमुखमा छ । तर, उनी सिंहदरवारभित्र समाचार महाशाखामै कार्यरत छन् । अर्का कर्मचारी तिलबिक्रम चोम्जोङको दरबन्दी काठमाडाैंमा छ । तर, चोम्जोङ घरपायक धनकुटामास्थित प्रदेश १ काे कार्यालय कार्यरत छन् । त्यसैगरी डम्वरकुमारी आचार्यको दरबन्दी धनकुटामा छ । तथापि उनी सुर्खेतमा कार्यरत छिन् । तिलकराम चौधरीको दरबन्दी प्रदेश नं. एक अन्तर्गत धनकुटास्थित रेडियो नेपालको कार्यालय प्रमुखमा छ । तर, उनी सिंहदरवारभित्र समाचार महाशाखामै कार्यरत छन् । अर्का कर्मचारी रमेश पौडेलको दरबन्दी मुख्य कार्यक्रम अधिकृतका रुपमा धनकुटामै छ । पौडेल पनि केन्द्रको कार्यक्रम महाशाखामै ढलिमली गरिरहेका छन् । उनीहरु सबै आठौ तहका कर्मचारी हुन् । यि केही प्रतिनिधि उदाहरण मात्र हुन् । आफ्नो दरबन्दीमा नपठाएका कर्मचारीको सूची लामो छ । कतिसम्म भने रेडियो नेपालभित्र कार्यकारी निर्देशक केसी र रिर्पोटिङ चिफसँग असहमत पक्षलाई उनीहरुले नक्कली उजुरी हालेर समेत दुःख दिने गरेका स्रोतको भनाई छ । रेडियो नेपालमा तीन वर्षदेखि बढुवा रोकिएको छ । बढुवा सम्वन्धी नियमावली कानून मन्त्रालयले पारित गरेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइसकेको छ । उक्त नियमावली मन्त्रिपरिषद्बाट पारित हुनबाट रोक्न रेडियो नेपालभित्रका हर्ताकर्ताहरु नै लागि परिरहेका स्रोत बताउँछ ।

ताजा अपडेट

नेपालवाच विशेष