NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

देशैभर एकैपटक विरोधसभा गर्दै कांग्रेस

काठमाडौं । कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध अहिले देशैभर विरोध र प्रदर्शन गरिरहेको छ । कांग्रसले भ्रातृ र शुभेच्छुक संस्थाको विरोधपछि आज ७७ वटै जिल्लामा प्रतिनिधिसभा विघटन असंवैधानिक गरिएको विरोधमा प्रदर्शन गरिरहेको हो । जिल्लाजिल्लामा हुने प्रदर्शनमा सहभागी हुन कांग्रेसका नेताहरु जिल्लाजिल्ला पुगेका छन् । अधिकांश जिल्लामा केहीबेर अघिदेखि विरोध र प्रदर्शन सुरु भएको छ । विरोध र्यालीपछि हुने विरोधसभालाई नेताहरुले सम्बोधन गर्ने क्रम सुरु भएको छ ।