NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

माओवादी छोडी एमाले गएका चार नेताको मन्त्री र सांसद पद खोसिंदै

काठमाडौं । माओवादी छोडी एमाले प्रवेश गरेका चार जना संघीय सांसदको पद गुम्ने भएको छ । पार्टी परित्याग गरेर एमाले पुगेका चार सांसदलाई पदमुक्त गर्न माग गर्दै माओवादीले संसद सचिवालयमा पत्र दर्ता गरेको थियो । माओवादीको पत्र दर्तापछि संसद सचिवालयले उनीहरुको सांसद पद खारेज गर्न लागेको हो । बिहीबारको बैठकमा उनीहरु सांसदबाट मुक्त भएको घोषणा गर्ने तयारी छ । यसरी पद खारेजीमा पर्नेमा कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह, अर्घाखाँचीका टोपबहादुर रायमाझी र कैलाली–३ का गौरीशंकर चौधरी छन् । प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्री केपी ओलीको कदमलाई साथ दिंदै यी चार जना सांसदहरु केपी ओली पक्षमा लागेका थिए । पार्टीले सर्वोच्च अदालतबाट एमाले र माओवादी ब्युँतिए पनि यी सांसदहरु माओवादीमा नफर्किएपछि पार्टीले दल त्याग गरेको पत्र संसद सचिवालयलमा पठाएका थिए । सांसद पद खारेज गरेसँगै यी चार जना मन्त्रीहरुको पद पनि स्वतः जानेछ । सरकारमा रायमाझी ऊर्जा, भट्ट उद्योग, चौधरी श्रम र साह सहरी विकास मन्त्री छन् ।