NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

सर्‍याे कांग्रेस केन्द्रीय समितिको बैठक

काठमाडौं । कांग्रेस केन्द्रीय समितिको बैठक सरेको छ । २७ चैतका लागि बोलाइएको केन्द्रीय समितिको बैठक ३० चैतमा बस्नेगरी सारिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कांग्रेसमा १४ औं महाधिवेशन आउन अब ६ महिना पनि बाँकी छैन । तर, तल्लो तहको अधिवेशन अघि गर्नु अघि क्रियाशील सदस्यताको छिनोफानो हुनुपर्नेमा अझै हुन सकेको छैन । यस अघि पटकपटक जिल्लालाई सदस्यता टुंग्याउन भनिए पनि चार पाँच जिल्लाले मात्रै सदस्यता टुंग्याएका छन् । क्रियाशील सदस्यता छानविन समितिले काम नसक्दा कांग्रेसले बैठक सारेको हो । ‘उहाँहरु काममा रहेकोले, देशभरबाट सदस्यता कति आयो ? बीचको तालिका कसरी हेरफेर गर्ने, जिल्लाजिल्लाको अवस्था के थियो भनेर बैठकलाई जानकारी गराउने भन्ने भए पनि रमेश लेखक समितिको छानविन समितिले काम नै नसकेकोले बैठक सारिएको हो ।’केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले भने ।