NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

संसदीय समितिले एमाले नस्वीकारी नेकपा नै बनाउन खोजेको भन्दै आपत्ति

काठमाडौं । एमालेका सांसदले संसदीय समितिहरुमा नेकपाको अस्त्विवलाई नै स्वीकारिकएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद खगराज अधिकारीले संसदीय समितिमा एमालेका सांसदलाई नेकपाको भनिएकोमा आपत्ति जनाएका हुन् । संसदीय समिति मिनि संसदको रुपमा रहे पनि त्यहाँ एमाले र माओवादी दुवैलाई नेकपाको सांसदको रुपमा बुझ्ने र भन्ने गरिएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । ‘फागुन २३ गतेदेखि यता नेकपा एमाले हामी यहाँ छौं। माओवादी केन्द्र पनि नजिकै छ,’ एमाले र माओवादीका सांसदहरूको बसाईतर्फ देखाउँदै उनले भने, ‘ ‘संसदभित्र सत्तापक्षको बसाइमा हामी छौं। तर समिति बैठकमा जाँदा हामी नेकपा हुन बाध्य छौं।’ समितिमा यस्तो अवस्थाको अन्त्य छिटो हुनुपर्ने उनको भनाई थियो । ‘यो संविधानविपरीत छ। कानुनविपरीत छ। दलसम्बन्धी व्यवस्थाविपरीत छ,’ उनले भने, ‘अब संसदले नेकपा जान्दैन। सत्तापक्षले सभामुखसँग यसबारे छलफल गर्‍यौं’ उनले भने, ‘यहाँ हामी नेकपा एमाले हुने र संविधानविपरीत हुने रूपले मिनी संसद मानिने समितिहरूमा नेकपा हुन सक्दैनौं। यो कानुनविपरीत छ।’ फरकफरक दल भए पनि एउटै दलको रुपमा प्रतिनिधित्व हुने अवस्थाको अन्त्य छिटो गराउन उनले माग गरे ।

ताजा अपडेट

नेपालवाच विशेष